पद्मा चौधरी, दाङ

दाङको दंगीशरण गाउँपालिका –४ निवासी ५१ बर्षिया पद्मा चौधरीसित अवसर चिन्न सक्ने खुबी छ । अवसर पाउने बित्तिकै अगाडी सरिहाल्ने, जिम्मेवार, कर्तव्य र समयनिष्ठ उनको व्यक्तित्वले गर्दा दंगिशरणमा थारु अगुवा महिला भइन् । 

सुखद बाल्यकाल बिताएकी उनले विवाह भएपछि घरायसी काम, कर्तव्य र सामाजिक संरचनाले हेपिएको, दबिएको र बन्धनको महसुस गरायो । यसले गर्दा उनलाई महिला अधिकारको क्षेत्रमा काम गर्ने हौसला मिल्यो । वि.सं. ०५४ सालको स्थानीय निकायको चुनावमा महिला सदस्य भइन् । जनप्रतिनिधि भैसकेपछि उनमा महिला अधिकार र कर्तव्यको दायरा झन फराकिलो बन्यो । उनी महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थामा संलग्न भइन् । उनको व्यक्तित्व र क्षमताको विकास हुदै गयो । 

०७४ को स्थानीय तहको निर्वाचनमा पालिकामा उपाध्यक्ष पदमा लड्न उनी आवद्ध राजनीतिक दलले प्रस्ताव राख्यो । त्यतिबेला जागिरे भएकाले गइनन् । तर आगामी निर्वाचनमा भने अवश्य चुनाव लड्ने दृढ संकल्प बोकेकी छन् । राजनीतिक छवि बनाउन तल्लिन छिन् । समुदाय स्तरको महिला अधिकारकर्मीलाई राजनीतिक नेतृत्व गर्नेसम्मको अवसर प्राप्त गर्न सक्ने क्षमता कसरी बिकास गरिन्, उनको जिवनकथा उनकै आवाजमा सुनौ ।

विद्या राई | सेप्टेम्बर २३, २०२० | १२:०० पि एम 

Padma Chaudhary (first from right)