Feminist Narrative

Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
Categories
Interview Photo Archive Stories

गङ्गा छन्त्याल

गङ्गा छन्त्याल, २९, बाग्लुङ्गमा सामन्य परिवारमा जन्मनुभएको, एक व्हील्चेअर बास्केटबल प्रेमि हुन। उनलाई स्कूल जान भने अलि कठिन भयो । बाग्लुङ्गको उकालो ओरालो अरुको लागि आधि घन्टाको बाटो थियो भने उनलाई भने एक डेढ घन्टा जति लाग्थ्यो । ६ महिनाको हुदा सम्म पनि हात खुट्टा चल्थ्यो रे तर पछि भने कम्मर तलतिर निस्लोट ज्वोरो आयो । धामि झाक्री खुब गरियो तर पछि काठमाडौंमा देखाउदा पोलियोको शङ्का गरियो।

शिक्षा आर्जन गर्ने क्रममा पनि उनको विशेष आवश्यकताहरुलाई नजरन्दाज गरियो, शैक्षिक संस्था बाट होस या राज्यको पुर्वाआधारमा होस्।  साथसाथै रोजगारीको सिलसिलामा पनि दुई पक्षिय भेदभाव खेप्नु पर्यो, एक महिला भएर र अर्को बिशेष आवश्यकता भएको नागरिक भएर । अहिले यहि अनुभवका कारण उनको आफ्नै गर्मेन्ट उद्योग सन्चालनमा छ, जस्मा आफुजस्तै माहिलाहरुलाइ रोजगार सृजना भएको छ ।  यो संगसंगै अहिले उनी राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला सङ्गको सक्रिय सदस्यको रुपमा पनि आवद्द छिन।

उनको जिवनकथा उनकै आवाजमा सुनौ ।

– अरुणा कार्की | सेप्टेम्बर २४, २०२० | १२:०० पि एम https://player.simplecast.com/16db9ebb-ede8-49f9-bb87-0cb77f0325cd?dark=false