Feminist Narrative

Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
Categories
Interview Photo Archive Stories Transcripts

कमला दानुवार

“नारी भएर, मेरो कर्तव्य के हो र मैले के गर्नुपर्छ?”  कमला दानुवारले सानै उमेरदेखि सधैं यस्तो प्रश्न गरेकी छिन्। अहिले ५५ वर्ष पुगेकी उनी महिलाहरुलाई आफ्नो स्वास्थ्य समस्याबारे सचेत गराउन र महिला स्वास्थ्यसँग सम्बन्धित विद्यमान सामाजिक समस्याहरु मेटाउने कामनाका साथ महिला स्वास्थ्यको वकालत गर्छिन् । कमलाले चार वर्ष महिला स्वास्थ्य सञ्जालको अध्यक्ष र थप तीन वर्ष सल्लाहकारको रुपमा काम गरिन् । उनले १५ वर्षदेखि उदयपुरमा महिला जीवन र महिला स्वास्थ्यको सुधारका लागि आफ्नो प्रयासमा योगदान दिँदै आएकी छिन् । अवकाशपछि पनि कमलाले योग र होमियोप्याथीमार्फत आफ्नो स्वास्थ्यसँग सम्बन्धित समस्या बुझ्न र समाधान गर्न बालबालिका तथा महिलालाई निरन्तर सहयोग गर्दै आइरहेको छ |

Categories
Interview Photo Archive Stories Transcripts

Kalpana Chaudhary

कल्पना चौधरीको जन्म वि.सं. १९७८ असार (सन् २०३५) मा चार बहिनी र एक भाइसहित किसानको थारु परिवारमा भएको थियो । दैनिक जीवन यापनका लागि संघर्ष गर्नुपर्ने भएकाले कल्पनाका दुई जना जेठी बहिनीले कमलरिको  रुपमा जमिण्डारको घरमा काम गर्नुपरेको थियो । एक दिन कल्पनाले महिनावारीका कारण काममा जान नसक्ने एक जना बहिनीको ठाउँमा काम गर्नुपर्यो । त्यति नै बेला कल्पनाले पहिलोपल्ट भेदभाव र विभेदको अनुभव गरिन् । “थारुहरू मानव हुन् र जमिन्दारहरू पनि मानब नै हुन्। तर हामीलाई किन बेग्लै व्यवहार गरिन्छ?” कल्पनाले यस्ता प्रश्नहरू खडा गर्न थालिन् र बहिनीहरूलाई काममा नपठाउन दृढ थिइन्। यसले गर्दा अन्ततः उनको परिवारमा कमलरी प्रथाको अन्त्य भयो र यहाँबाट कल्पना न्यायको बाटो पछ्याउन जे पनि गर्न प्रतिबध थिइन्।

Categories
Interview Photo Archive Stories Transcripts

गङ्गा छन्त्याल

गङ्गा छन्त्याल, २९, बाग्लुङ्गमा सामन्य परिवारमा जन्मनुभएको, एक व्हील्चेअर बास्केटबल प्रेमि हुन। उनलाई स्कूल जान भने अलि कठिन  भयो । बाग्लुङ्गको उकालो ओरालो अरुको लागि आधि घन्टाको बाटो थियो भने उनलाई भने एक डेढ घन्टा जति लाग्थ्यो । ६ महिनाको हुदा सम्म पनि हात खुट्टा चल्थ्यो रे तर पछि भने कम्मर तलतिर निस्लोट ज्वोरो आयो । धामि झाक्री खुब गरियो तर पछि काठमाडौंमा देखाउदा पोलियोको  शङ्का गरियो।  शिक्षा आर्जन गर्ने क्रममा पनि उनको विशेष आवश्यकताहरुलाई नजरन्दाज गरियो, शैक्षिक संस्था बाट होस या राज्यको पुर्वाआधारमा होस्।  साथसाथै रोजगारीको सिलसिलामा पनि दुई पक्षिय भेदभाव खेप्नु पर्यो, एक महिला भएर र अर्को बिशेष आवश्यकता भएको नागरिक भएर । अहिले यहि अनुभवका कारण उनको आफ्नै गर्मेन्ट उद्योग सन्चालनमा छ, जस्मा आफुजस्तै माहिलाहरुलाइ रोजगार सृजना भएको छ ।  यो संगसंगै अहिले उनी राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला सङ्गको सक्रिय सदस्यको रुपमा पनि आवद्द छिन।

Categories
Interview Photo Archive Stories Transcripts

चिनीमाया माझी

चिनीमाया माझी, ५०, नारायणीको तिरमा रहेको चितवनमा जन्मियता पनि थाकथलो भने कोशीको छेउमा रहेको काभ्रे जिल्ला बताउनु हुन्छ । आमा बुवाले बाख्रा चराउन  पठाउदा पनि दिदीलाई भने पढ्नकै धुन हुन्थियो। यहि धुनको कारण दिदीले बुवासँग “पढ्न पठाउने  भए बाख्रा हेर्छु नभए हेर्दिन” भनेर आफ्नो स्कुल जाने अधिकार सट्टपट्टा गर्नुभयो । शिक्षाकै लागि पुराना किताबसँग नयाँ ज्ञान साट्ने गर्नु हुन्थ्यो ।  दिदी पढाइमा भने एकदम अब्बल र सधै अगाडि । त्यही कारण दिदीलाई  बाहिरबाटै छात्रवृत्तिको अवसर पनि आयो । दिदीले यहि सहयोगको साथ आफ्नो +२ लेभलसम्म पढाइ पुरा गर्नुभयो।  २०४७ सालमा दिदीको विवाह भयो र जिवनको नयाँ आयमको ढोका खुल्दै गयो । वहाँ काठमाडौं आउनु भयो र आफ्नो माझी समुदायको सङठ्नमा लागि पर्नुभयो । यहि सङ्ठनमा लागदै गर्दा वहाँ जनयुद्धको समयमा अपहरणमा पनि  पर्नुभयो । यि विविध घटनाबाट जुझेर आज  नेपाल आदिवासी जनजाति  महिला संघको अध्यक्षको रुपमा काम गर्दै हुनुहुन्छ । 

Categories
Interview Photo Archive Stories Transcripts

Buddha Kumari Rai

Buddha Kumari was born in a middle class family with a happy childhood and a curiosity in learning. However, being the eldest daughter of the family, she had to give up formal eduction and take on the responsibilities of her house and caring for her siblings. At 43, Buddha Kumari Rai is the treasurer of Chetana Mahila Samuha in Jogidaha, Udayapur, and works for women’s and children’s rights. Throughout her life, she has been actively involved in advocating against violence on women, women’s health rights, development of children and their rights, and agriculture. Buddha Kumari has also started working actively on climate change and formation of a youth club. Along with the role of a treasurer, Buddha Kumari coordinates and manages all 18 different groups associated with Chetana Mahila Samuha.