चिनीमाया माझी, ५०, नारायणीको तिरमा रहेको चितवनमा जन्मियता पनि थाकथलो भने कोशीको छेउमा रहेको काभ्रे जिल्ला बताउनु हुन्छ । आमा बुवाले बाख्रा चराउन पठाउदा पनि दिदीलाई भने पढ्नकै धुन हुन्थियो। यहि धुनको कारण दिदीले बुवासँग “पढ्न पठाउने भए बाख्रा हेर्छु नभए हेर्दिन” भनेर आफ्नो स्कुल जाने अधिकार सट्टपट्टा गर्नुभयो । शिक्षाकै लागि पुराना किताबसँग नयाँ ज्ञान साट्ने गर्नु हुन्थ्यो ।
दिदी पढाइमा भने एकदम अब्बल र सधै अगाडि । त्यही कारण दिदीलाई बाहिरबाटै छात्रवृत्तिको अवसर पनि आयो । दिदीले यहि सहयोगको साथ आफ्नो +२ लेभलसम्म पढाइ पुरा गर्नुभयो।
२०४७ सालमा दिदीको विवाह भयो र जिवनको नयाँ आयमको ढोका खुल्दै गयो । वहाँ काठमाडौं आउनु भयो र आफ्नो माझी समुदायको सङठ्नमा लागि पर्नुभयो । यहि सङ्ठनमा लागदै गर्दा वहाँ जनयुद्धको समयमा अपहरणमा पनि पर्नुभयो । यि विविध घटनाबाट जुझेर आज नेपाल आदिवासी जनजाति महिला संघको अध्यक्षको रुपमा काम गर्दै हुनुहुन्छ ।
