Skip to main content

Feminist Narrative

Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
Categories
Interview Photo Archive Stories Transcripts

कमला दानुवार

“नारी भएर, मेरो कर्तव्य के हो र मैले के गर्नुपर्छ?”  कमला दानुवारले सानै उमेरदेखि सधैं यस्तो प्रश्न गरेकी छिन्। अहिले ५५ वर्ष पुगेकी उनी महिलाहरुलाई आफ्नो स्वास्थ्य समस्याबारे सचेत गराउन र महिला स्वास्थ्यसँग सम्बन्धित विद्यमान सामाजिक समस्याहरु मेटाउने कामनाका साथ महिला स्वास्थ्यको वकालत गर्छिन् । कमलाले चार वर्ष महिला स्वास्थ्य सञ्जालको अध्यक्ष र थप तीन वर्ष सल्लाहकारको रुपमा काम गरिन् । उनले १५ वर्षदेखि उदयपुरमा महिला जीवन र महिला स्वास्थ्यको सुधारका लागि आफ्नो प्रयासमा योगदान दिँदै आएकी छिन् । अवकाशपछि पनि कमलाले योग र होमियोप्याथीमार्फत आफ्नो स्वास्थ्यसँग सम्बन्धित समस्या बुझ्न र समाधान गर्न बालबालिका तथा महिलालाई निरन्तर सहयोग गर्दै आइरहेको छ |

Categories
Interview Photo Archive Stories Transcripts

Kalpana Chaudhary

कल्पना चौधरीको जन्म वि.सं. १९७८ असार (सन् २०३५) मा चार बहिनी र एक भाइसहित किसानको थारु परिवारमा भएको थियो । दैनिक जीवन यापनका लागि संघर्ष गर्नुपर्ने भएकाले कल्पनाका दुई जना जेठी बहिनीले कमलरिको  रुपमा जमिण्डारको घरमा काम गर्नुपरेको थियो । एक दिन कल्पनाले महिनावारीका कारण काममा जान नसक्ने एक जना बहिनीको ठाउँमा काम गर्नुपर्यो । त्यति नै बेला कल्पनाले पहिलोपल्ट भेदभाव र विभेदको अनुभव गरिन् । “थारुहरू मानव हुन् र जमिन्दारहरू पनि मानब नै हुन्। तर हामीलाई किन बेग्लै व्यवहार गरिन्छ?” कल्पनाले यस्ता प्रश्नहरू खडा गर्न थालिन् र बहिनीहरूलाई काममा नपठाउन दृढ थिइन्। यसले गर्दा अन्ततः उनको परिवारमा कमलरी प्रथाको अन्त्य भयो र यहाँबाट कल्पना न्यायको बाटो पछ्याउन जे पनि गर्न प्रतिबध थिइन्।

Categories
Interview Photo Archive Stories Transcripts

गङ्गा छन्त्याल

गङ्गा छन्त्याल, २९, बाग्लुङ्गमा सामन्य परिवारमा जन्मनुभएको, एक व्हील्चेअर बास्केटबल प्रेमि हुन। उनलाई स्कूल जान भने अलि कठिन  भयो । बाग्लुङ्गको उकालो ओरालो अरुको लागि आधि घन्टाको बाटो थियो भने उनलाई भने एक डेढ घन्टा जति लाग्थ्यो । ६ महिनाको हुदा सम्म पनि हात खुट्टा चल्थ्यो रे तर पछि भने कम्मर तलतिर निस्लोट ज्वोरो आयो । धामि झाक्री खुब गरियो तर पछि काठमाडौंमा देखाउदा पोलियोको  शङ्का गरियो।  शिक्षा आर्जन गर्ने क्रममा पनि उनको विशेष आवश्यकताहरुलाई नजरन्दाज गरियो, शैक्षिक संस्था बाट होस या राज्यको पुर्वाआधारमा होस्।  साथसाथै रोजगारीको सिलसिलामा पनि दुई पक्षिय भेदभाव खेप्नु पर्यो, एक महिला भएर र अर्को बिशेष आवश्यकता भएको नागरिक भएर । अहिले यहि अनुभवका कारण उनको आफ्नै गर्मेन्ट उद्योग सन्चालनमा छ, जस्मा आफुजस्तै माहिलाहरुलाइ रोजगार सृजना भएको छ ।  यो संगसंगै अहिले उनी राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला सङ्गको सक्रिय सदस्यको रुपमा पनि आवद्द छिन।

Categories
Interview Photo Archive Stories Transcripts

चिनीमाया माझी

चिनीमाया माझी, ५०, नारायणीको तिरमा रहेको चितवनमा जन्मियता पनि थाकथलो भने कोशीको छेउमा रहेको काभ्रे जिल्ला बताउनु हुन्छ । आमा बुवाले बाख्रा चराउन  पठाउदा पनि दिदीलाई भने पढ्नकै धुन हुन्थियो। यहि धुनको कारण दिदीले बुवासँग “पढ्न पठाउने  भए बाख्रा हेर्छु नभए हेर्दिन” भनेर आफ्नो स्कुल जाने अधिकार सट्टपट्टा गर्नुभयो । शिक्षाकै लागि पुराना किताबसँग नयाँ ज्ञान साट्ने गर्नु हुन्थ्यो ।  दिदी पढाइमा भने एकदम अब्बल र सधै अगाडि । त्यही कारण दिदीलाई  बाहिरबाटै छात्रवृत्तिको अवसर पनि आयो । दिदीले यहि सहयोगको साथ आफ्नो +२ लेभलसम्म पढाइ पुरा गर्नुभयो।  २०४७ सालमा दिदीको विवाह भयो र जिवनको नयाँ आयमको ढोका खुल्दै गयो । वहाँ काठमाडौं आउनु भयो र आफ्नो माझी समुदायको सङठ्नमा लागि पर्नुभयो । यहि सङ्ठनमा लागदै गर्दा वहाँ जनयुद्धको समयमा अपहरणमा पनि  पर्नुभयो । यि विविध घटनाबाट जुझेर आज  नेपाल आदिवासी जनजाति  महिला संघको अध्यक्षको रुपमा काम गर्दै हुनुहुन्छ । 

Categories
Interview Photo Archive Stories Transcripts

Buddha Kumari Rai

Buddha Kumari was born in a middle class family with a happy childhood and a curiosity in learning. However, being the eldest daughter of the family, she had to give up formal eduction and take on the responsibilities of her house and caring for her siblings. At 43, Buddha Kumari Rai is the treasurer of Chetana Mahila Samuha in Jogidaha, Udayapur, and works for women’s and children’s rights. Throughout her life, she has been actively involved in advocating against violence on women, women’s health rights, development of children and their rights, and agriculture. Buddha Kumari has also started working actively on climate change and formation of a youth club. Along with the role of a treasurer, Buddha Kumari coordinates and manages all 18 different groups associated with Chetana Mahila Samuha.

Categories
Interview Photo Archive Stories Transcripts

Aruna Chaudhary

Aruna Chaudhary's house falls in Triyuga Municipality wards no. 1, Jogidaha, 10 km east of the Udaipur Gaighat Bazaar. While she had wished to study from a young age, she wasn't allowed to due to various reasons. At the age of 14, she got married, after which her life was full of various ups and downs. After joining a local group in the village, she gradually began her journey to empowerment. She has been advocating in the issues of violence against women, women's health, cultural superstitions and child marriage. She has emphasised on women's enterprise while collaborating with partner organizations.

Categories
Interview Photo Archive Stories Transcripts

Amna Khatoon Halwai

शिक्षित परिवारमा कान्छी छोरीको रुपमा जन्मिएकी २८ वर्षकी आमना खातुन हल्वाईले आफ्नो शिक्षा र जिज्ञासालाई अझ बढाउन सकेसम्म अध्ययन गरिन् र सीप र ज्ञान विकासका लागि सबै प्रकारका तालिम लिइन् । सानै उमेरदेखि नै आम्नाले आफ्नो समुदायका बालबालिका र महिलालाई पढाउन थालिन् । यो उनको बाल्यकाल र घरमा थियो, जहाँ अम्ना शिक्षण र सिक्ने वातावरणको सम्पर्कमा थिइन्, जुन उनको जीवनको मुख्य मूल्य बन्यो। अम्नाले एक वर्ष शिक्षकको रूपमा काम गरिन् र त्यसपछिको दुई वर्षसम्म धम्बोजीको त्यही मदरसा (इस्लामी शैक्षिक संस्थान) मा प्रधानाध्यापकको रूपमा काम गरिन् जहाँ उनले आफ्नो शिक्षा प्राप्त गरिन्। त्यसपछि उनले विभिन्न क्षेत्र तथा अन्तर्राष्ट्रिय संघ संस्थासँग मिलेर युवा तथा वयस्कलाई सीप मूलक र ज्ञानमूलक तालिम प्रदान गर्दै महिला अधिकार र उपचारसम्बन्धी सही इस्लामी शिक्षाका बारेमा अवगत गराएकी छन् । आफ्नो जीवनभरि धेरैले आमनलाई आफूले चाहेको काम गर्नबाट रोक्न खोजेका छन्। तर उत्तिकै स्वभाव भएकी आम्ना निराशावादलाई धेरै वास्ता गर्दिनन् र गम्भीरतापूर्वक जे पनि गर्छिन्, त्यही गरिरहन्छन्।

Categories
Interview Photo Archive Stories

शुशीला चौधरी

शुशीला चौधरीले आफ्नो पहिलो १३ वर्ष गाई चराउँदै र आमालाई बुवाको शोषणबाट बचाउँदै बिताइन्। १३ वर्षमा स्कुल सुरु गरेपनि युनिफर्म नभएका कारण उनी स्कुल छोडिन्। पछि पुरानो युनिफर्म मागेर र प्रौढ शिक्षा पढाएर उनले एस. एल. सी. दिइन्। बेन्गलोरमा काम गरेर फर्के पछि उनी राजनिती तर्फ लागिन्। प्रहरीले टिकापुर घटना पछि थारूको शोषण गरेको कुरा स्मरण गरेर उनले आफ्नो अभियानको कुरा गरिन्। Shushila Chaudhari worked grazing cows for most of her childhood while also protecting her mother from her father’s abuse. Even when she started school at 13 years old, the lack of a school uniform meant that she had to drop out eventually, and could only continue after she was given old uniforms. After teaching an adult school, she could finally afford to buy copies and gave SLC. Afterwards, she went to work to Banglore to free herself from her debt and eventually returned. As she entered politics for Tharu people and women’s cause, she and her community experienced sexual and physical violence and rape at the hand of the police and anti-federalist forces.

Categories
Interview Photo Archive Stories

कौशल्या चौधरी

पुर्व-कमैया कौशल्या चौधरीको परिवार ३ पुस्तादेखि नै कमैया थिए। उनी बाल्यकालमा जमिन्दारका लागि बिना ज्याला काम गर्थिन्। उनको परिवारमा धेरै जस्तो बेला खान नै पुग्दैन थियो। केटी भएकाले उनीले सानोमा पढ्ने अवसर धेरै पाइनन्। तर पनि उनी एक स्थानिय स्तरको महिला संगठनमा सचिव भने भइन्। त्यसपछि उनी थारु मुक्तिका लागि एक संस्थाको कोषाध्यक्ष बनेर राति-राति बैठकमा जान्थिन्। २०५७ को आन्दोलन सुरु भएपछि भने उनी दिन-रात आन्दोलनमा नै लागेर बिताइन्। अहिले भने उनी लुथरन विश्व महासंघमा आबध्द छिन्। Born to a family bonded in labour as a Kamaiya for three generations, Kaushalya Chaudhary is an ex-Kamaiya woman who has spent her life committed to fighting for this struggle. Her childhood was one of hardship; born into servitude, she often had to work for her landlord, even without wages. Despite this, her family rarely had enough money for food. While she had not pursued enough education, she did become the secretary of a local feminist organization. Later, she managed to become a treasurer for a Tharu-rights-oriented institution fighting the Kamaiya system. Often operating in secrecy; she spent her nights in covert meetings for the Tharu cause. Eventually, as the revolution rolled out in 2057 B.S., she would spend day and night protesting and participating in rallies across the country. Currently, she is affiliated with Lutheran World Federation.