Skip to main content

Feminist Narrative

Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
Categories
Interview Photo Archive Stories

कौशल्या चौधरी

पुर्व-कमैया कौशल्या चौधरीको परिवार ३ पुस्तादेखि नै कमैया थिए। उनी बाल्यकालमा जमिन्दारका लागि बिना ज्याला काम गर्थिन्। उनको परिवारमा धेरै जस्तो बेला खान नै पुग्दैन थियो। केटी भएकाले उनीले सानोमा पढ्ने अवसर धेरै पाइनन्। तर पनि उनी एक स्थानिय स्तरको महिला संगठनमा सचिव भने भइन्। त्यसपछि उनी थारु मुक्तिका लागि एक संस्थाको कोषाध्यक्ष बनेर राति-राति बैठकमा जान्थिन्। २०५७ को आन्दोलन सुरु भएपछि भने उनी दिन-रात आन्दोलनमा नै लागेर बिताइन्। अहिले भने उनी लुथरन विश्व महासंघमा आबध्द छिन्। Born to a family bonded in labour as a Kamaiya for three generations, Kaushalya Chaudhary is an ex-Kamaiya woman who has spent her life committed to fighting for this struggle. Her childhood was one of hardship; born into servitude, she often had to work for her landlord, even without wages. Despite this, her family rarely had enough money for food. While she had not pursued enough education, she did become the secretary of a local feminist organization. Later, she managed to become a treasurer for a Tharu-rights-oriented institution fighting the Kamaiya system. Often operating in secrecy; she spent her nights in covert meetings for the Tharu cause. Eventually, as the revolution rolled out in 2057 B.S., she would spend day and night protesting and participating in rallies across the country. Currently, she is affiliated with Lutheran World Federation.

Categories
Interview Stories Transcripts

लोकमाया चौधरी

२०४२ सालमा राप्ती गाउँपालिका वडा न्ं ४ मा जन्मेकी लोकमाया चौधरी त सानो उमेरमा नेपाली बोल्न पनि जान्दिन थिइन्। जमिन्दार शोशकहरुको अन्त्य गर्ने अभिप्रायले उनी माओवादी जनयुद्धमा समेत संलग्न भइन्। पछि उनी ‘जसको जोत उसकै भोग’ भन्ने नाराले समेत आन्दोलनमा लागिन्। माओवादीहरुले एउटा समिती गठन गरेपछि उनीपनि २०५९ मा त्यो समितीको सदस्य भइन्। २०६२-६३मा सुत्केरी अवस्थामा नै उनले मुक्त कमैयाका अधिकारका लागि लडिन्। Lokmaya Chaudhary, who was born in Rapti Village Municipality-4 in 2042 B.S, didn’t even know even know how to speak Nepali for most of her childhood. After entering politics in the Maoist Civil War with the slogan ‘Jasko jot uskai bhog’ advocating for freeing Kamaiya people, she managed to be a member of a local committee to campaign for Tharu rights in 2059 B.S. Even after the release of Kamaiya people, she still advocated for land for freed Tharu people, even in 2062-63 B.S.; just months after giving birth to her child.

Categories
Interview Photo Archive Stories

सुन्दरी चौधरी

सुन्दरी चौधरीको जन्म एक खेती गर्ने परिवारमा भएको थियो। कमैँया नभएतापनि ऋण चुकाउन उहाँका बुवाले उनलाई जमिन्दारका घरमा पठाए। उनले त्यहाँ धेरै हिंसा, शोषण र उत्पीडन सहनुपर्यो। ९ माहिना पछि उनी भागेर घर फर्किन्। घरमा उनलाई १२ वर्षमा नै विवाह गरिदिइयो। विवाह गरे पश्चात उनलाई कमैँया बनाइयो। कमैयाबाट मुक्ति पाएपछि पनि उनले ३ ठाउँमा काम गर्नुपरेको थियो। त्यस समयमा उनले मिलबाट धेरै थारु आन्दोलानका बारेमा थापाइन् र समुहहरुमा संलग्न भइन्। Sundari Chaudhary was born in a peasant family. Despite not being a Kamaiya, her father sent her to work at a landowner’s house due to owing him a loan. There she experienced violence and abuse from the hands of the landowner’s wife. Even though she was supposed to work for a year, she fled the house after 9 months and returned home. However, upon returning home she was married off at the age of 12. Since she was married to a Kamaiya family, she was also made into a Kamaiya. Even after being freed by the government, she had to work three jobs to maintain herself. During this time she was exposed to plenty of Tharu liberation groups and started being involved in them.

Categories
Interview Photo Archive Stories

Janak Kumari Chaudhary

जनक कुमारी चौधरी धनगढी महानगरपालिकामा पुर्व कमैया बुवा-आमाको कोखमा पाँच छोरी र एक छोरा मध्य जन्मेकी थिइन्। उनको पुर्ख्यौली घर चाँहि दाङ थियो। उनका बुवा-आमाले सबै छोरा-छोरीलाई पढाउन खोजेका थिए। उनीले नेपाल पैरवी सँघका अन्तर्गत महिला अधिकारका बारेमा पढाउन थालिन्। त्यसपछि उहाँलाई अरुले पनि पढाउन बोलाउन थाले। त्यतिखेर उनको थारु कल्याणकारी संस्था तर्फ ध्यानाकर्षण भयो। उनको अध्यक्ष बन्ने चाहना भएतापनि उनको अनुभव नभएका कारण उनी कोसाध्यक्ष बनिन् । उनले थारु समुदायका बारेमा धेरै मुद्दाहरु उठाइन्, तर नेताहरुले उनलाई बहुमत छैन भने। तर पनि उनले मुद्दाहरु हामिसँग उठाइन्- आयोगहरूमा २७% क्वोटा भएपनि थारुहरु अघि आउन पाउँदैनन्, चुनावमा थारुहरु, महिलाहरु र थारु-महिलाहरुले क्वोटा बाहिर सिट नै पाउँदैनन् र प्राय थारुहरूको आर्थिक अवस्था राम्रो छैन; स्कुलहरुले फिस् लिनुनहुने भएपनि प्रायले लिने गर्दछन्।

Categories
Interview Photo Archive Stories Transcripts

कमला दानुवार

“नारी भएर , मेरो कर्तव्य के हो र मैले के गर्नुपर्छ?”  कमला दानुवारले सानै उमेरदेखि सधैं यस्तो प्रश्न गरेकी छिन्। अहिले ५५ वर्ष पुगेकी उनी महिलालाई आफ्नो स्वास्थ्य समस्याबारे सचेत गराउन र महिला स्वास्थ्यसँग सम्बन्धित विद्यमान सामाजिक समस्याहरु मेटाउने कामनाका साथ महिला स्वास्थ्यको वकालत गर्छिन् ।

Categories
Interview Photo Archive Stories

गङ्गा छन्त्याल

गङ्गा छन्त्याल, २९, बाग्लुङ्गमा सामन्य परिवारमा जन्मनुभएको, एक व्हील्चेअर बास्केटबल प्रेमि हुन। उनलाई स्कूल जान भने अलि कठिन भयो । बाग्लुङ्गको उकालो ओरालो अरुको लागि आधि घन्टाको बाटो थियो भने उनलाई भने एक डेढ घन्टा जति लाग्थ्यो । ६ महिनाको हुदा सम्म पनि हात खुट्टा चल्थ्यो रे तर पछि भने कम्मर तलतिर निस्लोट ज्वोरो आयो । धामि झाक्री खुब गरियो तर पछि काठमाडौंमा देखाउदा पोलियोको शङ्का गरियो।

Categories
Interview Photo Archive Stories

किरण कुमारी झा

४२ बर्षकी किरण कुमारी झा लाई किरण झा रस्मी ले पनि चिन्छन। उनको जन्म महोत्तरीको जलेस्वोरमा भएको हो। शिक्षित परिवारमा जन्मे पनि छोरीका लागि उच्च शिक्षाभन्दा विवाह नै महत्वपूर्ण हुन्छ भन्ने बुवाको मान्यता भएकाले किरनले आफ्नो पढाइ पूरा गर्न सकिरहेका थिएनन् । तैपनि, विवाहपछि पनि तिनी आफ्नो शैक्षिक अध्ययनलाई निरन्तरता दिन प्रतिबध् थिइन्।

Categories
Interview Photo Archive Stories

सोनम यान्की मुगाल

२०३३ सालमा जुम्लामा जन्मिनु भएको सोनम यान्की मुगालको पहिचन मुगु जिल्लाको मुगुम्पा समुदायबाट रहेको छ। उहाँ सानै देखि आफ्नो आदिवासी संस्कृति र भाषाप्रति निकै गर्व गर्नु हुन्थियो ।

सोनम भन्नु हुन्छ कि उहाँको नेपाली भाषा त्यस्तो राम्रो नभएको कारण उहाँले आफ्नो एस.एल.सी कटाउन पाउनु भएन र पछी काम गर्न जाँदा पनि आफू “खस” जातीको नभएको हुँदा, काम पाउन गाह्रो भएको बताउनु हुन्छ । उहाँ आफ्नो भाषाको पहिचनको लागि भनेर तीन दिने ‘भाषा आन्दोलन’मा पनि लागि पर्नु भएको थियो।

Categories
Interview Photo Archive Stories

उमा देवी बडी

सन् २०१८ मा बाडी आन्दोलनको नेतृत्व का लागि बीबीसी टप १० सबैभन्दा प्रेरणादायी महिलाहरुमा सूचीकृत उमादेवी बादी नेपाली नारीवादी आन्दोलनको इतिहासका प्रतिमा हुन्। उनले आफ्नो समुदायका महिलाहरुका लागि मात्र होइन, अछुतता, जग्गाको स्वामित्व र नागरिकताका आधारमा हुने सबै विभेदका विरुद्ध आन्दोलनको नेतृत्व गरिन् र अहिले पनि जारी छ ।