Feminist Narrative

Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors

महिलवादी मौखिक कथान्कन अभिलेख

feminist oral history archive, Nepal

अभिलेखन प्रक्रिया

Feministnarratives.com ले महिलावादि एजेन्डालाई अगाडि बढाउने विविध कथालाई महत्व दिन्छ र एकल पितृसत्तात्मक कथालाई अस्वीकार गर्दछ । यसले व्यक्तिगत र राजनीतिक क्षेत्रमा महिलाहरूको अनुभवलाई बढवा दिदै यौनिकतामा जोड दिइ बहु-पुस्ता सत्रहरू सञ्चालन गर्दछ ।

Feministnarratives.com ले धेरै कार्यशालाहरू, व्यक्तिगत भनाइ (लिखित र मौखिक दुवैमा) र दृश्य कागजातहरू मार्फत महिलावादि कथाहरू उत्पन्न गर्दछ । योगदानकर्ताहरूले यी कार्यशालाहरूमा आफ्ना कथाहरू ब्यक्त गर्दछन् र उनीहरूका कथाहरू उनीहरूको स्थानीय समुदायमा उनीहरूको संलग्नता र  महिलावादी आन्दोलन,  समानता र स्वतन्त्रताका एजेन्डाहरूको विकासमा रहेको सहभागिताको आधारमा छनोट गरिन्छ ।

 

महिलावादि कथा उत्पादन प्रक्रिया यस प्रकार रहेका छन् :

  • महिलावादि कथाकथन एक लेखन कार्यशाला हो जुन चार खण्डहरूमा विभाजित गरिएको छ । यो कार्यशाला महिलावादि लेखकहरूले आफ्नो व्यक्तिगत कथाहरू लेख्ने प्रक्रियाबाट अगाडि बढ्दछ । यस कार्यशालामा महिला र LGBT सहभागी भइ नेपालभरका अधिकारकर्मीहरू पहिचान गर्दछन् । समूहमा शिक्षाविद्, महिलावादि लेखकहरू, सम्पादकहरू र चित्रकारहरू हुन सक्ने छन् । व्यक्तिगत भनाईहरू त्यसपछि feministnarrative.com वेबसाइटमा संग्रहित हुनेछन् । लूमद्वारा प्रकाशित पुस्तकहरूमा पनि केही कथाहरू सङ्कलन गरिएका छन् ।
  • महिलावादि मौखिक इतिहास दस्तावेजीकरण गर्ने एक सहभागितामूलक दस्तावेजीकरण प्रक्रिया हो । यसमा महिला आन्दोलनमा योगदान पुर्याएका विविध जातीय पृष्ठभूमिका महिलाहरूले आफ्ना कथाहरू व्यक्त गरिन्छ । योगदानकर्ताहरुसंग व्यक्तिगत अन्तरक्रिया संगठित र त्यसपछि रेकर्ड र ट्रान्सक्राइब गरिन्छ । यी कथाहरूलाई अभिलेख गर्नुको मुख्य कारण यिनीहरूको सजिलैसँग पहुँच गर्न सकियोस् भन्ने हो । यसर्थ, यसलाई महिलावादि आन्दोलनको उपकरणको रूपमा प्रयोग गर्न सकिन्छ ।
  • डिजिटल कथा सुनाउने ४ दिने कार्यशाला हो जहाँ डिजिटल मिडिया प्रयोग गरेर कथाहरू उत्पादन, भण्डारण र प्रकाशित गरिन्छ । प्रविधिमा महिलावादि पहुँच, इन्टरनेटका सिद्धान्तहरू र डिजिटल सुरक्षालाई समेटिएको छ । यसलाई थप शक्तिशाली बनाउन शब्द छनोट (कथन), छवि र संगीतमा कथाकारको नियन्त्रण रहेको हुन्छ ।

 

 अभिलेखीय मान्यताहरू

उपलब्ध अभिलेखहरू प्रक्रियाको प्रत्येक चरणमा महिलावादि मूल्यहरूलाई आत्मसरण गर्दै सङ्कलन गरिएका छन् ।

 प्रतिरोध र सक्रियताको इतिहासलाई पहिचान गर्दै: कागजातहरूले समुदायसँग संलग्न हुनको लागि एक दिशानिर्देशको रूपमा काम गर्नेछन्, यसले महिलावादि आन्दोलनको कठिन परिस्थितिहरू बुझ्न मात्र नभई सह-निर्माण पनि पहल गर्दछ ।

 सहकार्य: लुमले महिलावादी कार्यकर्ताहरूको कथाहरू बाहिर ल्याउन व्यक्ति र संस्थाहरूसँग सहकार्य गर्दछ ।

 संरक्षण: अभिलेखले महिलावादि मौखिक इतिहास कागजातहरू सुरक्षित गर्दछ जसले नेपालको महिलावादि आन्दोलनलाई बुझ्न मद्दत गर्दछ ।

 प्रामाणिकता: योगदानकर्ताहरूले आफ्ना कथाहरू व्यक्त गर्दछन् र अभिलेखीकरणले कथामा रहेको ज्ञानलाई यसको मौलिक रूपमा संरक्षण गर्न भूमिका खेल्दछ ।

 विविधता: अभिलेखले मानिसहरूको विविधतालाई र उनीहरूले आत्म-पहिचान छनौटलाई आत्मसात गर्दछ ।

 सहमति र गोपनीयता: अन्तर्वार्ताहरू सञ्चालन भए पछि प्रशारण गर्नु परेमा व्यक्ति वा समुदायको सहमति पश्चात मात्र प्रसारित गरिन्छ।

 सुरक्षित स्थान कायम राख्नुहोस्: Feministnarrative.com ले सुरक्षित स्थान सुनिश्चित गर्दछ जहाँ लैङ्गिक शक्ति गतिशीलता, मुद्दा र चुनौतीहरू खुला रूपमा छलफल गर्न सकिन्छ ।

 एजेन्सी र ज्ञान स्वीकार: अभिलेखले समुदायलाई एक सामूहिक एजेन्सीको रूपमा पहिचान गर्दछ जसमा अवरोध सामना गर्न र अन्यायसँग लड्ने क्षमता हुन्छ ।

वकालत: महिलावादि मौखिक ऐतिहासिक अभिलेखहरू महिलावादि आन्दोलन उपकरणको रूपमा प्रयोग गर्न सकिन्छ ।

पहुँच: यी अभीलेखहरू गैर-व्यावसायिक प्रयोगको लागि आवश्यक पर्दा सबैले पहुँच गर्न सक्छन् ।