Feminist Narrative

Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors

महिलावादी ज्ञान उत्पादन

नेपाली इतिहासमा नजर झल्काउने प्रभावशाली कथाले पुरूषार्थलाई बढावा दिएको छ र महिला अनुभवहरूको पक्षपाती परिप्रेक्षलाई आकार दिएको छ ।  यी कथाहरूले पुरुषहरूको आवाजको प्रशंसा गरिन्छ र महिलाहरूको आवाजलाई प्रयाय बेवास्ता गरिन्छ ।

लुमले महिलावादि आन्दोलनमा बाधा पुर्‍याउने एकल, प्रभावशाली कथामा रहेको पूर्वाग्रहलाई पहिचान गर्दछ । लुमले महिलावादि कथालाई अगाडि ल्याउने विशेष प्राथमिकता दिन्छ जहाँ महिलाहरूले आफ्नै कथाहरू सुनाउने गर्दछन् ।

महिलावादि ज्ञान उत्पादन एउटा कार्यक्रम हो जसले महिलाको आवाजलाई कथाको केन्द्रमा राखेर समावेशी कथाहरू सिर्जना गर्नमा केन्द्रित गर्दछ । महिलावादि अभियनताकर्मीहरूले विविध जातीय/जाति/आदिवासीहरूबाट व्यक्त गरेका अनुभवहरू महिलावादि मौखिक इतिहास कागजातहरूमा कुनै परिवर्तन बिना नै अभिलेखित गरिनछ । महिलावादि मौखिक इतिहास कागजातहरू Feministnarrative.com अभिलेखमा रेकर्डिङ, फोटो र लेखको रूपमा प्राप्त गरिन्छ ।

 

अभिलेखको परिचय

Feministnarative.com महिलावादि मौखिक इतिहास कागजातहरूको सार्वजनिक अभिलेख हो जसले नेपालको महिलावादि आन्दोलनमा महिला अधिकारकर्मीहरूको दृष्टिकोण प्रस्तुत गर्दछ । अभिलेखलाई सक्रिय बनाउन महिलावादि आन्दोलनलाई उपकरणको रूपमा प्रयोग गरिन्छ र यी सबै सामग्रीहरू गैर-व्यावसायिक प्रयोगको लागि मात्र प्रदान गरिने छ ।

 

कार्यक्रमका उद्देश्यहरू

  • महिलाहरूको कथाहरूलाई पीडित बाट परिवर्तन निर्मातामा पुन: वर्णन गर्ने,
  • लैङ्गिक कुरितिलाई र पितृसत्तात्मक कथाहरूलाई चुनौती दिन महिलावादि कागजातहरू अन्वेषण गर्ने,
  • माहिलावादी ज्ञानको विकास र अभिलेखीकरण गर्न महिला/क्व्येर पहिचान भएका अधिकारकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने।

 

जानकारी

रैथाने माहिलावादीहरूको जीवनी कथा सङ्कलन गर्ने यस परियोजनाको संयोजन लुमले गरिरहेको छ । यस वेबसाइटको मुख्य उद्देश्य विभिन्न स्तर र क्षमता र परिस्थितिहरूमा विभिन्न माहिलावादीहरूका विभिन्न र व्यक्तिगत अनुभवहरूलाई दस्तावेजीकरण गरेर सामान्य अध्ययनको लागि उपलब्ध गराउनु हो।