Skip to main content

Feminist Narrative

Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors

महिलावादी ज्ञान उत्पादन

नेपाली इतिहासमा नजर झल्काउने प्रभावशाली कथाले पुरूषार्थलाई बढावा दिएको छ र महिला अनुभवहरूको पक्षपाती परिप्रेक्षलाई आकार दिएको छ ।  यी कथाहरूले पुरुषहरूको आवाजको प्रशंसा गरिन्छ र महिलाहरूको आवाजलाई प्रयाय बेवास्ता गरिन्छ ।

लुमले महिलावादि आन्दोलनमा बाधा पुर्‍याउने एकल, प्रभावशाली कथामा रहेको पूर्वाग्रहलाई पहिचान गर्दछ । लुमले महिलावादि कथालाई अगाडि ल्याउने विशेष प्राथमिकता दिन्छ जहाँ महिलाहरूले आफ्नै कथाहरू सुनाउने गर्दछन् ।

महिलावादि ज्ञान उत्पादन एउटा कार्यक्रम हो जसले महिलाको आवाजलाई कथाको केन्द्रमा राखेर समावेशी कथाहरू सिर्जना गर्नमा केन्द्रित गर्दछ । महिलावादि अभियनताकर्मीहरूले विविध जातीय/जाति/आदिवासीहरूबाट व्यक्त गरेका अनुभवहरू महिलावादि मौखिक इतिहास कागजातहरूमा कुनै परिवर्तन बिना नै अभिलेखित गरिनछ । महिलावादि मौखिक इतिहास कागजातहरू Feministnarrative.com अभिलेखमा रेकर्डिङ, फोटो र लेखको रूपमा प्राप्त गरिन्छ ।

 

अभिलेखको परिचय

Feministnarative.com महिलावादि मौखिक इतिहास कागजातहरूको सार्वजनिक अभिलेख हो जसले नेपालको महिलावादि आन्दोलनमा महिला अधिकारकर्मीहरूको दृष्टिकोण प्रस्तुत गर्दछ । अभिलेखलाई सक्रिय बनाउन महिलावादि आन्दोलनलाई उपकरणको रूपमा प्रयोग गरिन्छ र यी सबै सामग्रीहरू गैर-व्यावसायिक प्रयोगको लागि मात्र प्रदान गरिने छ ।

 

कार्यक्रमका उद्देश्यहरू

  • महिलाहरूको कथाहरूलाई पीडित बाट परिवर्तन निर्मातामा पुन: वर्णन गर्ने,
  • लैङ्गिक कुरितिलाई र पितृसत्तात्मक कथाहरूलाई चुनौती दिन महिलावादि कागजातहरू अन्वेषण गर्ने,
  • माहिलावादी ज्ञानको विकास र अभिलेखीकरण गर्न महिला/क्व्येर पहिचान भएका अधिकारकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने।

 

जानकारी

रैथाने माहिलावादीहरूको जीवनी कथा सङ्कलन गर्ने यस परियोजनाको संयोजन लुमले गरिरहेको छ । यस वेबसाइटको मुख्य उद्देश्य विभिन्न स्तर र क्षमता र परिस्थितिहरूमा विभिन्न माहिलावादीहरूका विभिन्न र व्यक्तिगत अनुभवहरूलाई दस्तावेजीकरण गरेर सामान्य अध्ययनको लागि उपलब्ध गराउनु हो।