Skip to main content

Feminist Narrative

Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
Categories
Interview Photo Archive Publications Stories

शान्ति दास (धनुषा)

शान्ति दास धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–१६ की दलित महिला वडा सदस्य तथा समाजसेवा फाउण्डेशनकी सचिव हुनुहुन्छ। मधेशी दलित समुदायबाट आउनुभएकी उहाँले बालविवाह, जातीय विभेद र सामाजिक चुनौतीहरू पार गर्दै शिक्षा, अध्यापन, सामाजिक परिचालन र राजनीतिमा सक्रिय नेतृत्व स्थापित गर्नुभएको छ। शिक्षिका तथा सामाजिक परिचालिकाका रूपमा काम गर्दै उहाँले दलित, महिला र विपन्न समुदायको सशक्तीकरणमा योगदान दिनुभएको छ। हाल निर्वाचित जनप्रतिनिधिका रूपमा उहाँ दलित तथा महिलामैत्री बजेट, समावेशी विकास र समुदायको अधिकार सुनिश्चित गर्न निरन्तर सक्रिय रहनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *