Skip to main content

Feminist Narrative

Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
Categories
Photo Archive Publications Stories

गिता विश्वकर्मा (सर्लाही)

गीता विश्वकर्मा सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–७ की दलित महिला वडा सदस्य हुनुहुन्छ। विद्यार्थी जीवनदेखि नै नेतृत्व र सामाजिक गतिविधिमा सक्रिय उहाँले विभिन्न सामाजिक संस्थामा सहजकर्ता र कर्मचारीका रूपमा काम गर्दै महिलाको सशक्तीकरण, बाल अधिकार तथा दलित समुदायको अधिकारका क्षेत्रमा योगदान दिनुभएको छ। निरन्तर अध्ययन, संघर्ष र सामाजिक सेवाबाट प्रेरित हुँदै उहाँ राजनीतिमा सक्रिय हुनुभयो र हाल निर्वाचित जनप्रतिनिधिका रूपमा दलित तथा महिलाको अधिकार, बजेट सुनिश्चितता र समुदाय सशक्तीकरणका लागि काम गरिरहनुभएको छ। उहाँको जीवनयात्रामा बाल संरक्षण संस्थाकी अध्यक्ष राधा घिमिरेबाट प्राप्त प्रेरणाले महत्वपूर्ण भूमिका खेलेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *