बुद्ध कुमारीको जन्म एक मध्यम वर्गीय परिवारमा भएको थियो । उनको बाल्यकाल सुखमय भएतापनि परिवारको जेठी छोरी भएको कारणले औपचारिक शिक्षा त्याग्नुपर्ने थियो र आफ्नो घरको जिम्मेवारी वहन गर्नुका साथै भाइबहिनीहरूको हेरचाह गर्नुपर्थ्यो। ४३ बर्षमा बुद्ध कुमारी राई उदयपुरको जोगीदहस्थित चेतना महिला समुहको कोषाध्यक्ष भई महिला तथा बालबालिका अधिकारका लागि काम गर्दै आइरहनु भएको छ । उनी, महिला स्वास्थ्य अधिकार, महिला हिंसा , बालबालिकाको विकास, अधिकार र कृषिमा वकालत गर्न सक्रिय छिन् । हाल, बुद्धकुमारीले जलवायु परिवर्तन र युवा क्लब गठनका विषयमा पनि सक्रियताका साथ काम सुरु गरेकी छन् । कोषाध्यक्षको भूमिकासँगै बुद्धकुमारी चेतना महिला समुहसँग सम्बन्धित सबै १८ वटै समूहको संयोजन र व्यवस्थापन गर्छिन् ।


One reply on “बुद्ध कुमारी राई”
Thanks for sharing such thought-provoking content.