feministnarratives.com

Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
Categories
Interview Photo Archive Stories Transcripts

कमला दानुवार

“नारी भएर, मेरो कर्तव्य के हो र मैले के गर्नुपर्छ?”  कमला दानुवारले सानै उमेरदेखि सधैं यस्तो प्रश्न गरेकी छिन्। अहिले ५५ वर्ष पुगेकी उनी महिलाहरुलाई आफ्नो स्वास्थ्य समस्याबारे सचेत गराउन र महिला स्वास्थ्यसँग सम्बन्धित विद्यमान सामाजिक समस्याहरु मेटाउने कामनाका साथ महिला स्वास्थ्यको वकालत गर्छिन् । कमलाले चार वर्ष महिला स्वास्थ्य सञ्जालको अध्यक्ष र थप तीन वर्ष सल्लाहकारको रुपमा काम गरिन् । उनले १५ वर्षदेखि उदयपुरमा महिला जीवन र महिला स्वास्थ्यको सुधारका लागि आफ्नो प्रयासमा योगदान दिँदै आएकी छिन् । अवकाशपछि पनि कमलाले योग र होमियोप्याथीमार्फत आफ्नो स्वास्थ्यसँग सम्बन्धित समस्या बुझ्न र समाधान गर्न बालबालिका तथा महिलालाई निरन्तर सहयोग गर्दै आइरहेको छ |

Categories
Interview Photo Archive Stories Transcripts

कल्पना चौधरी

कल्पना चौधरीको जन्म वि.सं. १९७८ असार (सन् २०३५) मा चार बहिनी र एक भाइसहित किसानको थारु परिवारमा भएको थियो । दैनिक जीवन यापनका लागि संघर्ष गर्नुपर्ने भएकाले कल्पनाका दुई जना जेठी बहिनीले कमलरिको  रुपमा जमिण्डारको घरमा काम गर्नुपरेको थियो । एक दिन कल्पनाले महिनावारीका कारण काममा जान नसक्ने एक जना बहिनीको ठाउँमा काम गर्नुपर्यो । त्यति नै बेला कल्पनाले पहिलोपल्ट भेदभाव र विभेदको अनुभव गरिन् । “थारुहरू मानव हुन् र जमिन्दारहरू पनि मानब नै हुन्। तर हामीलाई किन बेग्लै व्यवहार गरिन्छ?” कल्पनाले यस्ता प्रश्नहरू खडा गर्न थालिन् र बहिनीहरूलाई काममा नपठाउन दृढ थिइन्। यसले गर्दा अन्ततः उनको परिवारमा कमलरी प्रथाको अन्त्य भयो र यहाँबाट कल्पना न्यायको बाटो पछ्याउन जे पनि गर्न प्रतिबध थिइन्।