
किरण दास धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिकाकी सामाजिक अभियन्ता तथा मधेशी दलित महिला अधिकारकर्मी हुनुहुन्छ। आर्थिक अभाव, जातीय विभेद र बालविवाहजस्ता चुनौतीहरू पार गर्दै उहाँले सामाजिक परिचालिका, शिक्षिका र समुदाय अभियन्ताका रूपमा काम गर्नुभएको छ। दलित तथा महिलाको सशक्तीकरण, बचत समूह निर्माण, प्रजनन स्वास्थ्य सचेतना र सामुदायिक संगठन निर्माणमा सक्रिय उहाँ हाल दलित महिलाको नेतृत्व विकास र अधिकार सुनिश्चित गर्न संस्थामार्फत निरन्तर काम गरिरहनुभएको छ।