“नारी भएर, मेरो कर्तव्य के हो र मैले के गर्नुपर्छ?” कमला दानुवारले सानै उमेरदेखि सधैं यस्तो प्रश्न गरेकी छिन्। अहिले ५५ वर्ष पुगेकी उनी महिलाहरुलाई आफ्नो स्वास्थ्य समस्याबारे सचेत गराउन र महिला स्वास्थ्यसँग सम्बन्धित विद्यमान सामाजिक समस्याहरु मेटाउने कामनाका साथ महिला स्वास्थ्यको वकालत गर्छिन् । कमलाले चार वर्ष महिला स्वास्थ्य सञ्जालको अध्यक्ष र थप तीन वर्ष सल्लाहकारको रुपमा काम गरिन् । उनले १५ वर्षदेखि उदयपुरमा महिला जीवन र महिला स्वास्थ्यको सुधारका लागि आफ्नो प्रयासमा योगदान दिँदै आएकी छिन् । अवकाशपछि पनि कमलाले योग र होमियोप्याथीमार्फत आफ्नो स्वास्थ्यसँग सम्बन्धित समस्या बुझ्न र समाधान गर्न बालबालिका तथा महिलालाई निरन्तर सहयोग गर्दै आइरहेको छ |




One reply on “कमला दानुवार”
Your words have a calming effect on my spirit. Thank you for creating such a serene space online.