Feminist Narrative

Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
Categories
Interview Photo Archive Stories Transcripts

चिनीमाया माझी

चिनीमाया माझी, ५०, नारायणीको तिरमा रहेको चितवनमा जन्मियता पनि थाकथलो भने कोशीको छेउमा रहेको काभ्रे जिल्ला बताउनु हुन्छ । आमा बुवाले बाख्रा चराउन  पठाउदा पनि दिदीलाई भने पढ्नकै धुन हुन्थियो। यहि धुनको कारण दिदीले बुवासँग “पढ्न पठाउने  भए बाख्रा हेर्छु नभए हेर्दिन” भनेर आफ्नो स्कुल जाने अधिकार सट्टपट्टा गर्नुभयो । शिक्षाकै लागि पुराना किताबसँग नयाँ ज्ञान साट्ने गर्नु हुन्थ्यो । 

दिदी पढाइमा भने एकदम अब्बल र सधै अगाडि । त्यही कारण दिदीलाई  बाहिरबाटै छात्रवृत्तिको अवसर पनि आयो । दिदीले यहि सहयोगको साथ आफ्नो +२ लेभलसम्म पढाइ पुरा गर्नुभयो। 

२०४७ सालमा दिदीको विवाह भयो र जिवनको नयाँ आयमको ढोका खुल्दै गयो । वहाँ काठमाडौं आउनु भयो र आफ्नो माझी समुदायको सङठ्नमा लागि पर्नुभयो । यहि सङ्ठनमा लागदै गर्दा वहाँ जनयुद्धको समयमा अपहरणमा पनि  पर्नुभयो । यि विविध घटनाबाट जुझेर आज  नेपाल आदिवासी जनजाति  महिला संघको अध्यक्षको रुपमा काम गर्दै हुनुहुन्छ । 

Potrait of Chini maya with two women.

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ