Skip to main content

Feminist Narrative

Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
Categories
Interview Photo Archive Stories Transcripts

कमला दानुवार

“नारी भएर, मेरो कर्तव्य के हो र मैले के गर्नुपर्छ?”  कमला दानुवारले सानै उमेरदेखि सधैं यस्तो प्रश्न गरेकी छिन्। अहिले ५५ वर्ष पुगेकी उनी महिलाहरुलाई आफ्नो स्वास्थ्य समस्याबारे सचेत गराउन र महिला स्वास्थ्यसँग सम्बन्धित विद्यमान सामाजिक समस्याहरु मेटाउने कामनाका साथ महिला स्वास्थ्यको वकालत गर्छिन् । कमलाले चार वर्ष महिला स्वास्थ्य सञ्जालको अध्यक्ष र थप तीन वर्ष सल्लाहकारको रुपमा काम गरिन् । उनले १५ वर्षदेखि उदयपुरमा महिला जीवन र महिला स्वास्थ्यको सुधारका लागि आफ्नो प्रयासमा योगदान दिँदै आएकी छिन् । अवकाशपछि पनि कमलाले योग र होमियोप्याथीमार्फत आफ्नो स्वास्थ्यसँग सम्बन्धित समस्या बुझ्न र समाधान गर्न बालबालिका तथा महिलालाई निरन्तर सहयोग गर्दै आइरहेको छ |

Categories
Interview Photo Archive Stories Transcripts

कल्पना चौधरी

कल्पना चौधरीको जन्म वि.सं. १९७८ असार (सन् २०३५) मा चार बहिनी र एक भाइसहित किसानको थारु परिवारमा भएको थियो । दैनिक जीवन यापनका लागि संघर्ष गर्नुपर्ने भएकाले कल्पनाका दुई जना जेठी बहिनीले कमलरिको  रुपमा जमिण्डारको घरमा काम गर्नुपरेको थियो । एक दिन कल्पनाले महिनावारीका कारण काममा जान नसक्ने एक जना बहिनीको ठाउँमा काम गर्नुपर्यो । त्यति नै बेला कल्पनाले पहिलोपल्ट भेदभाव र विभेदको अनुभव गरिन् । “थारुहरू मानव हुन् र जमिन्दारहरू पनि मानब नै हुन्। तर हामीलाई किन बेग्लै व्यवहार गरिन्छ?” कल्पनाले यस्ता प्रश्नहरू खडा गर्न थालिन् र बहिनीहरूलाई काममा नपठाउन दृढ थिइन्। यसले गर्दा अन्ततः उनको परिवारमा कमलरी प्रथाको अन्त्य भयो र यहाँबाट कल्पना न्यायको बाटो पछ्याउन जे पनि गर्न प्रतिबध थिइन्।

Categories
Interview Photo Archive Stories Transcripts

गङ्गा छन्त्याल

गङ्गा छन्त्याल, २९, बाग्लुङ्गमा सामन्य परिवारमा जन्मनुभएको, एक व्हील्चेअर बास्केटबल प्रेमि हुन। उनलाई स्कूल जान भने अलि कठिन  भयो । बाग्लुङ्गको उकालो ओरालो अरुको लागि आधि घन्टाको बाटो थियो भने उनलाई भने एक डेढ घन्टा जति लाग्थ्यो । ६ महिनाको हुदा सम्म पनि हात खुट्टा चल्थ्यो रे तर पछि भने कम्मर तलतिर निस्लोट ज्वोरो आयो । धामि झाक्री खुब गरियो तर पछि काठमाडौंमा देखाउदा पोलियोको  शङ्का गरियो।  शिक्षा आर्जन गर्ने क्रममा पनि उनको विशेष आवश्यकताहरुलाई नजरन्दाज गरियो, शैक्षिक संस्था बाट होस या राज्यको पुर्वाआधारमा होस्।  साथसाथै रोजगारीको सिलसिलामा पनि दुई पक्षिय भेदभाव खेप्नु पर्यो, एक महिला भएर र अर्को बिशेष आवश्यकता भएको नागरिक भएर । अहिले यहि अनुभवका कारण उनको आफ्नै गर्मेन्ट उद्योग सन्चालनमा छ, जस्मा आफुजस्तै माहिलाहरुलाइ रोजगार सृजना भएको छ ।  यो संगसंगै अहिले उनी राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला सङ्गको सक्रिय सदस्यको रुपमा पनि आवद्द छिन।

Categories
Interview Photo Archive Stories Transcripts

चिनीमाया माझी

चिनीमाया माझी, ५०, नारायणीको तिरमा रहेको चितवनमा जन्मियता पनि थाकथलो भने कोशीको छेउमा रहेको काभ्रे जिल्ला बताउनु हुन्छ । आमा बुवाले बाख्रा चराउन  पठाउदा पनि दिदीलाई भने पढ्नकै धुन हुन्थियो। यहि धुनको कारण दिदीले बुवासँग “पढ्न पठाउने  भए बाख्रा हेर्छु नभए हेर्दिन” भनेर आफ्नो स्कुल जाने अधिकार सट्टपट्टा गर्नुभयो । शिक्षाकै लागि पुराना किताबसँग नयाँ ज्ञान साट्ने गर्नु हुन्थ्यो ।  दिदी पढाइमा भने एकदम अब्बल र सधै अगाडि । त्यही कारण दिदीलाई  बाहिरबाटै छात्रवृत्तिको अवसर पनि आयो । दिदीले यहि सहयोगको साथ आफ्नो +२ लेभलसम्म पढाइ पुरा गर्नुभयो।  २०४७ सालमा दिदीको विवाह भयो र जिवनको नयाँ आयमको ढोका खुल्दै गयो । वहाँ काठमाडौं आउनु भयो र आफ्नो माझी समुदायको सङठ्नमा लागि पर्नुभयो । यहि सङ्ठनमा लागदै गर्दा वहाँ जनयुद्धको समयमा अपहरणमा पनि  पर्नुभयो । यि विविध घटनाबाट जुझेर आज  नेपाल आदिवासी जनजाति  महिला संघको अध्यक्षको रुपमा काम गर्दै हुनुहुन्छ । 

Categories
Interview Photo Archive Stories Transcripts

बुद्ध कुमारी राई

बुद्ध कुमारीको जन्म एक मध्यम वर्गीय परिवारमा भएको थियो । उनको बाल्यकाल सुखमय भएतापनि परिवारको जेठी छोरी भएको कारणले औपचारिक शिक्षा त्याग्नुपर्ने थियो र आफ्नो घरको जिम्मेवारी वहन गर्नुका साथै भाइबहिनीहरूको हेरचाह गर्नुपर्थ्यो। ४३ बर्षमा बुद्ध कुमारी राई उदयपुरको जोगीदहस्थित चेतना महिला समुहको कोषाध्यक्ष भई महिला तथा बालबालिका अधिकारका लागि काम गर्दै आइरहनु भएको छ  । उनी, महिला स्वास्थ्य अधिकार, महिला हिंसा , बालबालिकाको विकास, अधिकार र कृषिमा वकालत गर्न सक्रिय छिन् । हाल, बुद्धकुमारीले जलवायु परिवर्तन र युवा क्लब गठनका विषयमा पनि सक्रियताका साथ काम सुरु गरेकी छन् । कोषाध्यक्षको भूमिकासँगै बुद्धकुमारी चेतना महिला समुहसँग सम्बन्धित सबै १८ वटै समूहको संयोजन र व्यवस्थापन गर्छिन् ।

Categories
Interview Photo Archive Stories Transcripts

अरुणा चौधरी

अरुणा चौधरीको घर उदयपुर गाईघाट बजारबाट १० किलोमिटर पूर्व, त्रियुगा नगरपालिका वडा नं. १, जोगीदहमा पर्दछ । सानैदेखि पढेर आत्मनिर्भर हुनुपर्ने उनको विचार भएपनि विभिन्न कारणले उनले त्यो अवसर पाउन सकिनन् । १४ वर्षको उमेरमा उनको विवाह भए पश्चात उनको जिवनमा विभिन्न उतारचढाव आए। उनी गाउँमा नै एक समूहमा सामेल भइन् । त्यसपछि उनी विस्तारै सशक्त हुँदै गइन् । उनले महिला हिंसा, महिला स्वास्थ्य, सांस्कृतिक अन्धविश्वास र बालविवाहको वारेमा वकालत गर्दै आएकी छन् । उनले साझेदार संस्थाहरूसँगको सहकार्यमा महिला उद्यममा जोड पनि दिएकी छिन् ।

Categories
Interview Photo Archive Stories Transcripts

आमना खातुन हल्वाई

शिक्षित परिवारमा कान्छी छोरीको रुपमा जन्मिएकी २८ वर्षकी आमना खातुन हल्वाईले आफ्नो शिक्षा र जिज्ञासालाई अझ बढाउन सकेसम्म अध्ययन गरिन् र सीप र ज्ञान विकासका लागि सबै प्रकारका तालिम लिइन् । सानै उमेरदेखि नै आम्नाले आफ्नो समुदायका बालबालिका र महिलालाई पढाउन थालिन् । यो उनको बाल्यकाल र घरमा थियो, जहाँ अम्ना शिक्षण र सिक्ने वातावरणको सम्पर्कमा थिइन्, जुन उनको जीवनको मुख्य मूल्य बन्यो। अम्नाले एक वर्ष शिक्षकको रूपमा काम गरिन् र त्यसपछिको दुई वर्षसम्म धम्बोजीको त्यही मदरसा (इस्लामी शैक्षिक संस्थान) मा प्रधानाध्यापकको रूपमा काम गरिन् जहाँ उनले आफ्नो शिक्षा प्राप्त गरिन्। त्यसपछि उनले विभिन्न क्षेत्र तथा अन्तर्राष्ट्रिय संघ संस्थासँग मिलेर युवा तथा वयस्कलाई सीप मूलक र ज्ञानमूलक तालिम प्रदान गर्दै महिला अधिकार र उपचारसम्बन्धी सही इस्लामी शिक्षाका बारेमा अवगत गराएकी छन् । आफ्नो जीवनभरि धेरैले आमनलाई आफूले चाहेको काम गर्नबाट रोक्न खोजेका छन्। तर उत्तिकै स्वभाव भएकी आम्ना निराशावादलाई धेरै वास्ता गर्दिनन् र गम्भीरतापूर्वक जे पनि गर्छिन्, त्यही गरिरहन्छन्।

Categories
Interview Stories

रीताकुमारी महतो

रीताकुमारी महतो १४ वर्षकी हुँदा र कक्षा ७ मा अध्ययनरत गर्ने क्रम मा उनका आमाबुबाले विवाह गर्ने निर्णय गरेका थिए । महिनावारी सुरु हुनुअघि नै छोरी मान्छेलाइ  बिवाह गरेर पठाउने चलन थियो  । यति सानो उमेरमा बिहे गरेर रिताको जवानी खोसेर लग्यो। अविरल दहेजको नाममा सासू-ससुराबाट घरेलु हिंसा र मानसिक दुव्र्यवहारको शिकार बनिन्। वर्षौंसम्म यो दुर्व्यवहार सहेपछि रीताले भित्रबाट बल प्राप्त गरिन् र आफ्नै समुदायमा यौन हिंसा विरुद्ध आवाज उठाउन थालिन्। अहिले ४२ बर्षिय रितालाई सामाजिक कार्यकर्ताको रुपमा सम्मान गरिएको छ । जन्मस्थल लहान, सिराहामा बालविवाह, यौन हिंसा, दहेज प्रथा र सामाजिक अन्यायविरुद्ध संघर्ष गर्दै आएकी छिन् । समाजमा लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण गरेकोमा उनलाई एम्नेस्टी इन्टरनेशनलले पनि मान्यता तथा पुरस्कार प्रदान गरेको छ । Rita Kumari Mahato was just 14 years old and studying in grade 7, when her parents decided to get her married. It was such a time when marrying a girl before the start of her menstrual cycle was regarded as a virtue in the society. Having married so young took away Rita’s youth as she became the victim of domestic violence and mental abuse from her in-laws in the name of insufficient dowry. After enduring the abuse for years, Rita garnered strength from within and began raising voice against sexual violence in her own community. Now at 42, Rita is respected as a social activist, fighting against child marriage, sexual violence, dowry system and social injustice in her birthplace Lahan, Siraha. She has also been recognized and awarded Prize Per Anger by Amnesty International for protecting democratic values in society.